add

तारकेश्वरबाट नक्कली नोटसहित तीनजना पक्राउ






ActPro Nepal

|

२४ साउन, २०८०

|
1755

काठमाडौं । तारकेश्वर काठमाडौंबाट नगरपालिका वडानम्बर-५ बाट मंगलबार साँझ सशस्त्र प्रहरी बलले नक्कली नोटसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालीका-५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालीका-२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालीका-१ का मदन दमाई गरी ३ जना नक्कली नोटसहित पक्राउ परेका हुन् ।

उनीहरूको कोठाबाट  नेपाली रूपैयाँ एक हजारको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको छ ।

यसैगरी  मोबाइल ४ थान ,  सिमकार्ड १० थान र २२० सिसिको बा ६५ प ९०२७  नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको छ ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ  ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.