सल्यान । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ।
शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लट्ठीले टाउकोमा हानी आमाको ज्यान गएको प्रहरीले जनाएको छ। छोरा नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।