add

सभामुखसहित मुख्य दलका शीर्ष नेताहरूको बैठक बस्दै






ActPro Nepal

|

२३ साउन, २०८०

|
365

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका नेताहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बिहान साढे १० बजे फेरि छलफल हुने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

सोमबार सिंहदरबार र नयाँबानेश्वरमा बसेका दुईवटा बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदको अवरोध हटाउने विषयमा सहमति हुन सकेन । दुई चरणमा सभामुख देवराज घिमिरेको अग्रसरतामा बैठक बसे पनि सहमति जुट्न नसकेपछि सोमबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको छ ।

सभामुख घिमिरेले दुई चरणको बैठकमा प्रमुख दलका नेताहरूबीच सकारात्मक छलफल भएको बताए । उनले भोलिको बैठकबाट संसदको अवरोध हट्ने पनि विश्वास व्यक्त गरे ।

'दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप सूचना टाँसेर पटक-पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन,' उनले भने, 'आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ ।'



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.