add

बेलायतमा ‘सुम्निमा साँझ २०२३’ हुँदै






ActPro Nepal

|

२२ साउन, २०८०

|
1804

काठमाडौं । बेलायतमा ‘सुम्निमा साँझ २०२३’ हुने भएको छ। आगामी १९ अगष्ट २०२३ मा बेलायतको अल्डरशटमा अर्को सांगीतिक तथा हास्य ब्याङग्य कार्यक्रम हुने आयोजकले जनाएको छ।

यतिबेला नेपालबाट बेलायत गएर सांगीतिक कार्यक्रम गर्ने नेपाली कलाकारहरुमा खुबै लहड चलेको छ। नेपालका चलेका संगीतकर्मीहरुले बर्षमा कयौं कार्यक्रम पनि भ्याई रहेका छन् भने साथमा हास्य कलाकारहरुको पनि कार्यक्रममा उत्तिकै माग देखिन्छ।

सुम्निमा इन्टरटेन्मेन्ट युकेले आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा खोर्सानी डल्ले गायक भिषण मुकारुङ राई तयारी अवस्थामा छन्। त्यसै गरि नेपाली हास्य ब्यङग्य क्षेत्रका चर्चित कालाकार फुलन्देको आमा अर्थात उमेश राई पनि बेलायत आइसकेका छन्। 

कार्यक्रममा फुलन्देको आमाले बेलायतबासी आफना शुभचिन्तकहरुलाई यसपाली हसाएर खुबै मनरोञ्जन दिने आयोजकको अपेक्षा छ।

नेपालदेखि नै आएका अर्का उदयमान गायक निश्चल राई भिषणसंगै तीन महिना अगाडि बेलायत आएका छन्। 

बेलायतमा साथीभाइ तथा शुभचिन्तकहरुबाट रामे लक्षे नाम पाएका यी दुई दाजुभाइले बेलायतभरी करीब २० वटा जति कार्यक्रम त भ्याइसकेका छन् र सुम्निमा साँझ २०२३ नाम दिइएको उक्त कार्यक्रमबाट लगभग आफ्नो बसाई बिट मार्ने सोचमा छन् ।

उता नेपालदेखि स्थाई बसोबासका लागि गएका कलाकारहरुको ठुलै जत्था पनि बेलायतमा भेला भएका छन्। 

नेपाली तारामा रनरअप भएका चर्चित गायक तारा लक्सम लिम्बु, मुन्दुमी गायिका जानुका राई देखि गायक श्याम सामसोहाङ राईले पनि उक्त कार्यक्रममा प्रस्तुती दिने कार्यक्रमका आयोजक संस्था सुम्निमा इन्टरटेण्मेण्ट युकेका अध्यक्ष  कपिल राईले जानकारी दिएका छन्।

पछिल्लो समय संगीतभन्दा नेपालका पर्यटन क्षेत्रको विकासमा बढी लागी परेका  श्याम सामसोहाङ राईले हालै केही महिना अगाडी नेपाल आएर ‘मुन्दुम टेल’ नामक संस्मराणत्मक पुस्तक पनि बजारमा ल्याएका थिए। 

उक्त पुस्तक नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उद्देययन मन्त्री सुदन किरातीले एक समारोहका बिचमा सार्बजनिक गरेका थिए।

नेपाल बाहिर आएपछि नेपालको माया बढि हुने रहेछ त्यसैले नेपालीहरुलाई गीत संगीतको माध्यमबाट नेपालको सम्झना मेटाउने आशा गरिएको छ।

‘हामी नेपाली मुलका विविध कारणले विदेशमा बसोबास गरे पनि स्वदेशको मायाले सताइरहन्छ, यस्ता कार्यक्रमद्वारा हाम्रो मातृभूमी नेपालको तृष्णा मेटाउन सहयोग पर्‍याउनेछ,’  आयोजक संस्थाका सचिब समेत रहेका मनिका राईले बताइन्। यस्ता विविध मनोरञ्जन कार्यक्रमले भविष्यमा पनि अझ निरन्तरता पाउने पनि उनले बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.