add

निजामती विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुन्छ : मन्त्री मोदी






ActPro Nepal

|

२१ साउन, २०८०

|
557

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन् ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए ।

उनले ढुंगा-गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला-बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए । मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताए ।

आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.