add

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै






ActPro Nepal

|

१८ साउन, २०८०

|
417

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बिहीबार अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने रास्वपाका एक नेताले बताए। 

रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाका नेताले बताएका छन्। पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ। विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेकोछ। त्यस्तै रास्वपाले सांसदहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, तनहुँ-१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिशिर खनाल, मनिष झालगायत सांसदहरू केन्द्रीय समितिमा छैनन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.