add

लक्ष्मीको ‘राख तिम्रो मुटुभित्र’ सार्वजनिक (भिडियोसहित)






ActPro Nepal

|

१८ साउन, २०८०

|
708

काठमाडौ । गायिका लक्ष्मी हमालले ‘लभ सङ’ राख तिम्रो मुटुभित्र सार्वजनिक गरेकी छन् । श्रावण मेलाको छेको पारेर शिव भजन ‘ओम भोले शंकरा’ ल्याएकी लक्ष्मीले लगत्तै ‘लभ सङ ’ राख तिम्रो मुटुभित्र सार्वजनिक गरेकी हुन् । 

शब्द, संगीत र स्वर आफैं गरेकी लक्ष्मीले पहिलो पल्ट म्युजिक भिडियोको निर्देशन समेत आफैं गरेकी छन् । भिडियोमा मल्लिका राजोपाध्याय र जतिन ताम्राकार फिचर्ड छन् । 

मल्लिका लक्ष्मीको यसअघि सार्वजनिक बस्यो पिरती, आउसँगै झुमि नाँचौँमा समेत देखिइसकेकी छन् भने जतिन उनको म्युजिक भिडियोमा पहिलो पल्ट देखिएका हुन् । 

दिपक गिरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको एडिटिङ तथा कलरिङ अमृत चापागाईले गरेका छन् । तास स्टुडियोले मास्टरिङ गरेको अडियोको एरेन्जर सञ्जय हमाल हुन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.