add

सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लाग्यो : शंकर पोखरेल






ActPro Nepal

|

१७ साउन, २०८०

|
249

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको बताएका हुन्।  महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको उल्लेख गरेका छन्।

‘यतिबेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो।’ उनले लेखेका छन्, ‘सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ। तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन।’ 

महासचिव पोखरेलले अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानु पर्नेमा जोड दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.