add

कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने






ActPro Nepal

|

१६ साउन, २०८०

|
316

काठमाडौं ।  कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने भएका हुन्। 

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताए। उनले आफूहरु अहिले सभामुखसँग छलफलमा रहेको  बताए।  यस्तै नेपाली कांग्रेसका सचेतक भूपेन्द्र राईले पनि सभामुखले राजीनामा दिने जानकारी आएको बताए। 

यस विषयमा सभामुख गौतमसँग सम्पर्क गर्न खोज्दा फोन अफ छ। उनले आफूले सरकार गठनका लागि राजीनामा नदिने बताउँदै आइरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूबीच सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने सहमति भएको बताए। 

कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर, गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.