add

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच आज एकता हुँदै






ActPro Nepal

|

१६ साउन, २०८०

|
359

काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो।

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजे एकता सभाको औपचारिक कार्यक्रम हुनेछ  । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । 

महामन्त्री बर्तौलाले सो एकतापछि नागरिकको हक अधिकारका लागि जनआन्दोलनको तयारीमा लाग्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.