काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।
सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।