काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाटे सम्भव रहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।
उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए। उनले ऊर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए।
उनले भने, ‘दूरदराजमा आवश्यकताले र क्षमताको अभावमा जनताले विद्युत् उपभोग गर्न पाइ नरहेको ठाउँमा समुदायलाई संगठित गरेर शुरुमा २० प्रतिशत जनताको लगानी गर्नुपर्ने ठाउँमा अनेक कठिानाइ गरेर १० प्रतिशतसम्म जनताको सहयोगमा र बाँकी राज्य र संस्थाको लगानीको हिसावबाट पनि गर्नेगरी दूरदराजलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निभाएको छ। अझै बाँकी ठाउँमा, बत्ती बाल्न पनि नपाइरहेको ठाउँमा बत्ती कसरी बाल्ने, २ वर्ष भित्रमा सबै अध्याँरो मुक्त देश बनाउने सरकारको तयारीका लागि यस संस्थाको भुमिका महत्वपूर्ण हुने नै छ। नेपालको उन्नति विद्युत हो।'
सभामुख घिमिरेले थन्किएर बसेका कानुन अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भूमिका महत्वपूर्ण रहेको बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।