add

काँग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरुराज घिमिरे






ActPro Nepal

|

९ साउन, २०८०

|
249

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जारी पार्टीको केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

“नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो लाग्यो । महाराजको इसारा जता छ, त्यतैतिर अभिव्यक्ति आउँछ । कांग्रेस लोकतान्त्रिक पार्टी हो, कांग्रेसको केन्द्रीय कार्यसमिति भारदारी सभा होइन । सभापतिले जता इसारा गर्छन्, त्यसै बोल्ने प्रवृत्ति देखेँ,” उनले भने ।

यस्तै उनले रूपान्तरण अभियानमा जोडिएका नेताहरूप्रति लक्षित गरेर केन्द्रीय समितिमा बोल्ने नेताहरूको अभिव्यक्तिको कटाक्ष गरे । “केन्द्रीय समितिमा साथीहरूले दु:ख पर्‍यो भन्नुभयो । उहाँहरूले दु:ख र कर्मको भेद छुटाउन सक्नुभएन,” उनले भने ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाणतर्फ लक्षित गर्दै उनले थपेका छन्, “दु:ख केलाई भनिन्छ ? तपाईंले मातापिता गुमाउनुभयो, तपाईंलाई दु:ख पर्‍यो । दैवी प्रकोपका कारण केही घटना घट्यो, तपाईंलाई दु:ख पर्‍यो । छोराछोरी गुमाउनुभयो, तपाईंमाथि दु:ख पर्‍यो । दु:ख र कर्मको भेद छुटाउनुस् । कोही मान्छे राज्यको जिम्मेवारीमा पुग्छ र ऊ आफैँ छानबिनको दायरमा जान्छ भने त्यसलाई दु:ख भनिँदैन ।”

घिमिरे आफैँ आबद्ध रूपान्तरण अभियानले साउन २ गते प्रतिवेदन बुझाएको छ । उनीहरूले त्यसमाथि छलफल हुनुपर्ने माग गरेका थिए । तर, केन्द्रीय समितिको बैठक त्यसमाथि छलफल नै नगरीकन सकिने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.