add

१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउछौँ : धनराज गुरुङ






ActPro Nepal

|

९ साउन, २०८०

|
179

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५‍औं महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अबको महाधिवेशनमा हामी डा. शेखर कोइरालालाई उम्मेदवारमात्रै होइन, सभापति नै बनाउँछौँ,” उनले उद्घोष गरे ।

त्यसअघि उनले भने, “हामीले पार्टी रूपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रूपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं । अहिले नै रूपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्नँ । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिनँ पनि । अब पार्टी रूपान्तरणको लागि १५औं महाधिवेशनलाई लक्ष्य बनाएका छौँ ।”


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.