add

प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक बीच भेटवार्ता






ActPro Nepal

|

९ साउन, २०८०

|
212

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.