add

ओलीको आरोप : सुन तस्करीमा अरुलाई दोष दिएर गृहमन्त्री श्रेष्ठ उम्किन खोजे






ActPro Nepal

|

९ साउन, २०८०

|
284

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुन काण्डमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् ।

कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाए।

विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष अ‍ोलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए।

सुनकाण्डमा कसको संलग्नता छ भन्ने विषयमा तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै ओलीले यस विषयलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि बताए।

‘सुनकाण्डको शिलशिला अन्तिम नपुर्‍याइ हामी छोड्दैनौं, पहिला पनि सुन तस्करी हुने गरेको थियो। कसमाथि कारबाही हुन्छ हामी हेरिरहेका छौं। ओलीले भने।

गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.