add

प्रदेश समिति खारेज गर : काँग्रेस सभापतिहरू






ActPro Nepal

|

३ साउन, २०८०

|
385

काठमाडौँ ।​ नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले प्रदेश समिति खारेज गर्न माग गरेका छन्। जिम्मेवारीविहीन बनाइएको भन्दै उनीहरूले प्रदेश समिति खारेज गर्न माग गरेका हुन्।​

बुधवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै प्रदेश सभापतिहरूले यस्तो माग गरेका हुन्।​

बुधवार कार्यसमिति बैठकमा बोल्दै मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन्।

अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै उनले यो विषयमा पुनःविचार गर्न माग गरे। त्यसैगरी उनले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै प्रदेशलाई उपेक्षा नगर्न आग्रह गरे।

उनले भने‚ ‘मधेश भनेको नेपाली काँग्रेसको जननी हो। मधेशबाट नेपाली काँग्रेसको जन्म भएको हो। प्रदेशलाई कुनै जिम्मेवारी नदिने भए सातवटा प्रदेशमा संरचना किन बनाइयो? जिम्मेवारीहीन यसलाई खारेज गर्दा हुन्छ। प्रदेशलाई बाइपास गरेको छ। हामी जिल्लैमा बस्न तयार छौँ। जिल्लाकै संगठन गर्छौं। अनलाइनबाट सदस्यता दिनु भनेको काँग्रेस सिध्याउने खेल हो। काँग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ। यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अघि बढ्नुपर्छ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि काँग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले केन्द्रीय नेताहरूले प्रदेशलाई कमजोर बनाउन लागेको बताए।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए। उनले सरकार र पार्टीका बीचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिए। उनले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली काँग्रेसले बोकिरहेको एजेण्डाको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने‚ ‘संघीयता र भ्रष्टाचारको मुद्दा उठाएर नयाँ पार्टीहरू मुलुकमा स्थापित भएका छन्। त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? मुलुकको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि? अबको एजेण्डा कांग्रेसले भोलि त्यो बाटोमा जानुपर्ने हो कि?  पार्टी र सरकारबीचको तलदेखि माथिसम्म पार्टीलाई परिचालित गर्दै जनप्रतिनिधिसँग संवाद चलाउने कुरा केन्द्रले गर्नुपर्ने हो कि ?’

उनले नेपाली काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.