add

हेलिकप्टर दुर्घटनामा सबै ६ जनाको मृत्यु, शव काठमाडौं ल्याउन समस्या






ActPro Nepal

|

२६ असार, २०८०

|
157

काठमाडौं ।सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सवार रहेका सबै ६ जनाको मृत्यु भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सिबि गुरुङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको हो । 

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (नाइन एन एएमभी) हेलिकप्टर विहान १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो। 

हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरा नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको खबर आएलगत्तै काठमाडौंबाट उद्धारका लागि गएको हाइ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टर मौसममा आएको खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीले हेलिकप्टर अवतरण गर्न नसक्दा मृतकहरूको शव काठमाडौं ल्याउन समस्या भएको बताए। 

अहिले हेलिकप्टर सोलुखुम्बुकै भाकान्जेमा अवतरण गरेको र घटनास्थलबाट हेलिकप्टर अवतरण गरेको ठाउँसम्म गाडीमा शव ल्याउने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए। उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.