add

घोराही सिमेन्ट र आइएमई लाइफको आइपीओ भर्ने आज अन्तिम दिन






ActPro Nepal

|

२५ असार, २०८०

|
334

काठमाडौं । घोराही सिमेन्ट र आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

त्यसैगरी, आइएमई लाइफले असार २१ गतेदेखि प्रतिकित्ता २३६.९१ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँँ थपेर)दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

घोराहीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, आइएमई लाइफाकोमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.