काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई हाल काठमाडौँ बस्ने प्रतापसिंह लोवालाई बानेश्वरबाट पक्राउ गरेको हो ।
उनले ३ जनालाई पटक पटक गरी ६ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ । फ्रान्स जान १० लाख रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि प्रतिमहिना २ लाखसम्म तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।
पीडितले पैसा बुझाएपछि उनी फरार भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।