add

राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने






ActPro Nepal

|

२२ असार, २०८०

|
339

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १२ बजेर ३१ मा बोलाइएको बैठकमा मन्त्रालयगत बजेटमामाथि छलफल गर्ने कार्यसूची छ।

हिजोको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.