add

जेनेरेटरमा आगलागी हुँदा लुम्बिनी प्रदेशसभा बैठक स्थगित






ActPro Nepal

|

२० असार, २०८०

|
435

दाङ । लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।   बुधबार दिउँसो १ बजेर ५० मिनेटतिर जेनेरेटरमा आगलागी भएको थियो।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी गराएका थिए।

अहिलेसम्म बैठक सञ्चालन भएको छैन्।  दोस्रो अधिवेशनको १७औँ बैठकमा एमालेका सांसदहरुले पनि संसद्लाई चल्न दिएका थिए।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि समसामयिक विषयमा विशेष समयमा सचेतक चौधरीले १० मिनेट बोल्न लागेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.