काठमाडौं । लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै आएको नेकपा एमालेको माग सम्बोधन गर्न सरकार सहमत भएसँगै मंगलबार प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ।
गएराति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गर्ने भएसँगै आजदेखि प्रदेशसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकको सुरुमै मुख्यमन्त्री चौधरीले विपक्षी दलले उठाएका मागमा विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। त्यसपछि मन्त्रालयगत विनियोजन विधेयकमाथि दफावार छलफलमा उठेका प्रश्नको अर्थमन्त्री धनबहादुर मास्कीले जवाफ दिने कार्यसूची छ।
सचिव मगरका अनुसार अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने र आजै बस्ने दोस्रो बैठकले आर्थिक विधेयक पारित गर्ने सम्भावति कार्यसूची छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।