add

महोत्तरीमा गोली चल्यो, एकजना गम्भीर घाइते






ActPro Nepal

|

२० असार, २०८०

|
462

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

रामगोपालपुर नगरपालिका-१ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलिबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन्। मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ। एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथी लागेको छ।

यादवलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सामा लगिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक  सुमन सिंहले जानकारी दिए।

गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.