add

राष्ट्रिय सभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने






ActPro Nepal

|

१८ असार, २०८०

|
369

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ 

यस्तै, बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

यसैगरी, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.