दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश गरेको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा बैठक चल्नेमा भने आशंका रहेको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । जसका कारण बजेट माथि सांसदहरूको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।
पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आह्वान गरिएको भए पनि विवाद कायमै रहेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।
गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।