add

बढ्यो पदयात्रा क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक,भरियाको कति ?






ActPro Nepal

|

६ असार, २०८०

|
270

काठमाडौं । आकर्षक पेशमा मानिने पर्यटन मजदुरको पारिश्रमिक वृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सार्वजनिक गरेको विवरण अनुसार पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुर (गाइड)ले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । यो निर्णयबारे टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत गराएको बताएको छ ।

विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेको थियो । यसलाई अब समान दरमा रुपान्तरण गरिएको छ । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिरमा पछिल्लो पटक बढेको थियो । त्यसको ५ वर्षपछि पारिश्रमिक बढाउने निर्णय टानले गरेको हो ।

यसबीचमा श्रमिकसँग भएका सम्झौता, नेपाल सरकारले कायम गरेको दररेट र मूल्य वृद्धिसमेतको अवस्थालाई मध्यनजर गरी नयाँ पारिश्रमिक तोकिएको बताइएको छ ।

नयाँ पारिश्रमिक दर अनुसार पथ प्रदर्शक (गाइड)को प्रतिदिन पारिश्रमिक ३ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० रुपैयाँ प्रतिदिन थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो।

अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । सहयोगी श्रमिक–मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.