add

हनुमानका लागि हलमा एक सिट खाली, यस्तो छ ट्रेलर






ActPro Nepal

|

२४ जेठ, २०८०

|
564

एजेन्सी । ‘रामायण’को कथामा आधारित चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा हलमा हनुमानका लागि एक सिट छुटाइएको छ । प्रभु रामका सेवक हनुमान राम गुणानुवाद सुन्न आउने मान्यता अनुसार एक सिट खाली छोड्ने भएको हो । यो हनुमानप्रति जनताको आस्था मनाउने उद्देश्यले गरिएको हो।

निर्माताले लेखेका छन्–जब रामायण पढिन्छ, त्यहाँ भगवान् हनुमान प्रकट हुन्छन् । यो हाम्रो विश्वास हो। चलचित्रमा प्रभास रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । सैफअली खान रावणको भूमिकामा देखिनेछन् । थ्रीडी फिल्म १६ जुनबाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

चलचित्र को फाइनल ट्रेलर सार्वजनिक भएको छ । जहाँ पहिलो ट्रेलर भगवान रामको नरम पक्षमा केन्द्रित छ । फाइनल ट्रेलरमा भने भगवान राम पत्नी सीतालाई फिर्ता ल्याउन रावणसँग युद्ध लड्दैछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.