add

दाहाल भन्छन्- पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छ






ActPro Nepal

|

१३ जेठ, २०८०

|
417

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका छन्। 

शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषले गरेको काममा विपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका हुन्। 

‘पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन अनुसन्धान भइरहेको छ। यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ। प्रचण्डले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषयमा संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ।’ 

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली सरकारले पशुपतिनाथ मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेको भनेपछि एमालेले शुक्रबार संसद बैठक अवरुद्ध भएको थियो। सभामुख देवराज घिमिरेले सा‌ंसद दाहालले राखेको विचारमा पशुपतिमा सुनको भनेर पित्तल राखेको र स्वास्थ्य सामग्री खरिदमा २ अर्बको भ्रष्टाचार भएको भन्ने विषय संसदको रेकर्डबाट हटाउन निर्देशन दिए।

शनिबार बिहान शीर्ष नेताहरूबीच बैठक बसेपछि प्रधानमन्त्रीले बोल्ने,दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने र संसद अघि बढाउने सहमति भएको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.