add

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिने






ActPro Nepal

|

१२ जेठ, २०८०

|
533

काठमाडौ । आज प्रतिनिधिसभा बैठक बस्दैछ। 

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे बस्नेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने कार्यक्रम रहेको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ । 

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसुचीमा उल्लेख छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.