चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि शानदार जित निकालेको छ।  ​

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ ले पराजित गरेको हो। युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे। चेल्सीका जोओ फ्लेक्सले सान्त्वना गोल फर्काए।

यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ साथै  अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ। 

यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ। उसले अब एफए कपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ। एफए कपको फाइनल जुन ३ मा हुनेछ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।