add

लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा






ActPro Nepal

|

९ जेठ, २०८०

|
381

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताएकी छन् ।

मंगलवार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै उनले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाइन् ।

सरकारका प्रवक्ता शर्माले भनिन्, ‘अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं ।’

अर्थबाट रकम आउने र यदि रकम नआएको खण्डमा पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने उनको भनाइ छ ।  मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएको प्रस्ट पारिन् ।  

मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्, ‘तपाईंहरूलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’ उनले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्न समेत आग्रह गरिन् ।

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएकाले तपाईंहरूले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् । ज्ञापनपत्र बुझाउने क्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासंघका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका लगायतको उपस्थिति रहेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.