add

विकासमैत्री खरिद ऐन आवश्यक छः मन्त्री ज्वाला






ActPro Nepal

|

२ जेठ, २०८०

|
493

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकासमैत्री र कानूनहरु विकासमैत्रि नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने बताएका छन् । दबाबको बीचमा बजेट निमार्णको काम गर्नुपरेको उनले बताएका छन् । 

मंगलवार कानून समितिमा भएको बैठकमा मन्त्री ज्वालाले प्रक्रियागत समस्याका कारण विकास निर्माणका काममा धेरै कठिनाई भोग्नु परेको बताए । खर्च नहुने स्थानमा धेरै रकम राख्ने, खर्च हुने स्थानमा थोरै  रकम राख्ने अवस्थाले समस्या निम्त्याएको बताउँदै उनले यो अवस्थाबाट माथि उठ्न समितिको सहयोग आवश्यक भएको बताए । 

मन्त्री ज्वालाले यातायात र पूर्वाधार क्षेत्र कसरी सुधार गर्ने भन्ने विषयमा कार्यदल बनाएर काम अघि बढेको भन्दै संसद र समितिको निर्देशन अनुसार जनताका पक्षमा विभिन्न विकास निमार्णका र पूर्वाधारका कामहरु गर्ने प्रविद्धता पनि जनाएका छन् । उनले भवन बनाउनु पर्ने, नयाँ आयोजना बनाउनु पर्ने र मन्त्रालयमा आएका समस्याहरुको पनि समाधान गर्नुपर्ने हुदाँ दबाबको बीचमा काम गर्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.