add

आयोजना प्रमुखमा क्षमतावान व्यक्ति चयनको मापदण्ड ल्याउनुपर्छः अध्यक्ष तिमिल्सिना






ActPro Nepal

|

२ जेठ, २०८०

|
465

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना प्रमुखमा क्षमतावान व्यक्तिलाई जिम्मेवारी दिने मापदण्ड ल्याउनु पर्ने बताएका छन् । 

मंगलवार कानून समितिमा भएको बैठकमा अध्यक्ष तिमिल्सिनाले गैर-जिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिँदा वर्ष दिनमै सरुवा हुने समस्या भएकाले क्षमता हेरे राख्ने मापदण्ड ल्याउन जरुरी भएको बताएका हुन् । 

उनले भने, ‘आयोजनाहरुमा हामीले जिम्मेवारी दिने र त्यो जिम्मेवारी पूरा गर्ने मानिस लाई दिनुपर्छ । आयोजना प्रमुख ,निर्देशका कत्तिको क्षमतावान छ र सफल मानिस हो कि होईन भन्ने कुराको मापदण्ड हुनुपर्छ । ६ महिना/वर्ष दिनमा सरुवा गरेर कसले सक्ने ?’

अध्यक्ष तिमिल्सिनाले नेपालमा सिमेन्टको उत्पादन एकदम राम्रो मात्रमा भएको भन्दै नेपालको सडक कालोपत्रे र ढलान गर्दा बाहिरबाट ल्याएर भन्दा यहिको सिमेन्ट ढुङ्गाको प्रयोगमा जोड दिनुपर्ने बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.