add

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफलमा जुटे प्रचण्ड,देउवा र ओली






ActPro Nepal

|

३१ वैशाख, २०८०

|
352

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो । प्रधानमन्त्रीको सचिवालय भने समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल भएको बताएको छ ।

पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।

संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित भन्दै प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.