काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।
बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारी पनि सहभागी हुनेछन्। पार्टीका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो। यसअघि बुधबार बसेको पदाधिकारी बैठकमा पनि खाणका बारेमा प्रारम्भिक छलफल भएको थियो।
बुधबारको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए।
बिहीबारको बैठकले खाणलाई निलम्बन गर्नसक्ने अनुमान गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।