काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँण पक्राउ परिसकेको अवस्थामा उनलाई पार्टीले पनि निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि यसबारे सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।
छलफलमा पार्टी सङ्गठनका विविध विषयमा पनि छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी रहेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।