add

विषयवस्तु बुझेपछि टोपबहादुरजीले अनुसन्धानमा सहयोग गर्नुहुन्छ : महेश बस्नेत






ActPro Nepal

|

२४ वैशाख, २०८०

|
261

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थीसम्बन्धी अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अनुसन्धानमा सहयोग गर्न एक/दुई दिन ढिला भए पनि त्यसमा शंका गर्न नपर्ने बताए ।

‘उहाँले अनुसन्धानलाई सहयोग गर्नुहुन्छ । एक–दुई दिन यो विषयवस्तु के हो ? किन फसाउन खोजिँदै छ भन्ने कुरा बुझ्न, राज्यलाई आत्मसमर्पण गर्दा धेरै कुरा सूचना पाइँदैन भन्ने ढंगले आफैँ अनुसन्धानमा हुनुहुन्छ भन्ने लाग्छ । पार्टी र उहाँ स्वयं अनुसन्धानमा सहयोगी बन्नुहुन्छ,’ बस्नेतले भने । 

रायमाझी आफूसँग सम्पर्कमा नरहेको र व्यक्तिगत ढंगले परामर्श गरिरहेको हुन सक्ने सुनाए । रायमाझीलाई छानबिनको दायरामा ल्याइँदा अरु दोषी उम्कन नहुने बस्नेतले बताए । कांग्रेस नेता बालकृष्ण खाँणसहित नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘फसाउने प्रपञ्च हुनसक्छ । उहाँलाई छानबिनको दायरामा ल्याइरहँदा यसका मुख्य दोषी उम्कन हुँदैन,’ उनले थपे, ‘बालकृष्ण खाँणजी गृहमन्त्री भएपछि यो सबै कुरा भएको हो । त्यसो भएकाले बालकृष्ण खाँणदेखि ज–जसको नाम आएको छ सबैलाई छानबिनको दायरामा ल्याइनुपर्छ ।’

नेता बस्नेत प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि खनिए । प्रचण्ड जुवा खेलिरहेको र जति दाउ लागे पनि क्षति भइरहेको बस्नेतको टिप्पणी छ । भ्रष्टाचारको फाइल खुल्दै जाँदा त्यो प्रचण्डसम्म पुग्ने बस्नेतले दाबी गरे ।

‘जब भ्रष्टाचारको फाइल खुल्दैखुल्दै जान्छ त्यो उहाँसम्म पनि पुग्छ,’ उनले भने, ‘काठमाडौंतिर नाता खोज्दै जाने हो भने श्रीमतीलाई पनि अन्टी भन्नुपर्ने हुन्छ । प्रचण्ड कमरेडलाई भ्रष्टाचारको काका भन्नुपर्ने दिन आउँछ ।’

नेकपा एमालेले सस्तो लोकप्रियता कमाउन अनुभव नै नभएको मान्छेलाई देश बनाउने जिम्मा दिन नसक्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव नै नगरेको बस्नेतले दाबी गरे ।

‘यस्ता साथीलाई मुलुकको प्रधानमन्त्री बनाएर कायापलट गर्छु भन्ने र त्यसमा पत्याइदिने, ताली बजाइदिने, सेयर, लाइक र कमेन्ट गर्नेको नेपालमा कमी छैन,’ उनले थपे, ‘त्यही भएर फेसबुकेले बनाउने हो । एमाले, केपी ओलीले बनाउँदैन ।’ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.