add

दक्षिणपन्थी अवसरवादका कारण कम्युनिष्ट आन्दोलन संकटमा आयाेः झलनाथ खनाल






ActPro Nepal

|

२२ वैशाख, २०८०

|
335

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादका कारण कम्युनिष्ट आन्दोलनमा संकट आएको जिकिर गरेका छन् । 

बिहीबार नेपाल किरात राई संघ समाजवादी केन्द्रीय कमिटीद्धारा आयोजित उभौलि ५०८३ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले वर्गको दृष्टीकोणलाई छोडेर फाइदा हेर्ने अवसरवादीलाई नङ्ग्याउन र खण्डन गर्न आवश्यक रहेको तर्क गरे । 

उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा बढी भन्दा बढी दक्षिणपन्थी अवसरवादी हाबी भएर गएका छन् । जस्तै केपि ओली उनी कि राप्रपासँग साँठगाँठ नगरी नहुने कि कांग्रेससँग कि अब घण्टीसँग अब प्रधानमन्त्री बन म समर्थन गर्छु भनिसके वर्ग दृष्टीकोणलाई छोडेर जसो गर्दा फाइदा हुन्छ त्यसै गर्ने यस्तो दक्षिण पन्थी अवसरवादीलाई नङ्ग्याउन खण्डन गर्न आवश्यक छ ।’ 

कोसी नामकरण कुनै सभ्यताको विपरित नभएको भन्दै त्यसमा आपत्ति जनाउन आवश्यक नरहेको उनको भनाई छ । उनले समाजमा बैङ्किङ सेवा र वित्तीय संथा मार्फत जनताहरुमा पुँजीवादी शोषण भइरहेको भन्दै दलाल पुँजीवाद माथिको विरोध अहिलेको प्रमुख अन्तरविरोध रहेको पनि बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.