काठमाडौं । बर्दियाबाट १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
१७ वर्षीया किोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।