add

नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहनु दुःखद् : प्रदीप पौडेल






ActPro Nepal

|

१७ वैशाख, २०८०

|
364

काठमाडौं । नेपाली काँंग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य प्रष्ट नरहेको बताएका छन् ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्तर्क्रिया  कार्यक्रममा सांसद पौडेलले संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न नसकेको धारणा राखे । ‘नेपालमा शिक्षाको उद्देश्य प्रष्ट छैन। संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन, विश्वविद्यालयले क्याम्पसहरूलाई सम्बन्धन दिने काम मात्रै गरिरहेको छ,तर त्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन ।’ उनले भने । 

सांसद पौडेलले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने आम धारणा रहेपनि अहिले निजीको शैक्षिक स्तर पनि खस्किँदै गएको टिप्पणी गरे । उनले नेपालको शिक्षा  शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा फैलिरहेको भन्दै सचेत पनि गराए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.