add

धनी र गरीबहरुको सोचाईंमा कस्तो अन्तर हुन्छ ? जान्नुछ, अवश्य पढ्नुसहाेस्






ActPro Nepal

|

१७ वैशाख, २०८०

|
459

प्रविधिले विश्व नै एउटै गाउँको रुपमा सीमित हुँदै गएको अहिलेको परिप्रेक्ष्यमा हामी आफूलाई कहाँ सम्म उठाउन चाहन्छौं ? त्यहीँ सम्म अवश्य पुग्न सक्छौं । खोलाबाट आम्खोरामा पटक–पटक पानी बोकेर ल्याएपनि हामीलाई पानीको अभाव भइरहन्छ । जबकि खोलाबाट बाँध बनाएर सानो कुलो वा पाइपको माध्यमबाट पानी ल्याउन सकियो भने पछि कहिल्यै पानीको अभाव खेप्नु पर्दैन ।

अहिलेको बदलिँदो विश्वमा अब कुनै कुराको रहस्य केही व्यक्तिको पहुँचमा सीमित छैन । जानकारी लिन नचाहनु वा जानकारी-ज्ञान लिएर पनि व्यवहारमा नउतार्नु दुवै हाम्रै कमजोरी भित्र पर्छन् । आर्थिक सफलता प्राप्तिको निम्ति हामी आफूलाई कुन उचाईमा पु¥याउँछौं भन्ने कुरा हाम्रो सोच, बुझाई, दृष्टिकोण र संकल्पमा निर्भर गर्दछ ।

धनीहरुको रहस्य बारे साधारण भाषामा बुझाउने किताब हो ‘रिच ड्याड पुअर ड्याड’ । वास्तवमा हामीलाई जुन कुरा रहस्य जस्तो लाग्छन्, ती रहस्य नै होइनन् । हामी केही त्यस्ता धनी बन्ने नियमहरु (जुन धनीहरुले पालना गरेर धनी बन्न सफल भए) पालना गरेको अवस्थामा अवश्य पनि धनी बन्न सक्छौं । यसकारण यस श्रृङ्खलामा हामीले यो पुस्तकको सारांश प्रस्तुत गरेका हौं ।

धनी बुबा गरीब बुबाको नाममा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो रिच ड्याड पुअर ड्याड । यस पुस्तकका लेखक हुन् रोबर्ट कियोसाकी । यस पुस्तकमा लेखकले आफ्नो परिवारका २ बुबाहरुको धन सम्बन्धी दृष्टिकोण उल्लेख गरेका छन् ।

लेखकका आफ्नै बुबा पेशाले प्रोफेसर हुन् । शिक्षित र सामाजिक रुपमा प्रतिष्ठित व्यक्ति पनि हुन् उनी । अर्का बुबा लेखक कियोसाकीका काका हुन् । जो उच्च शिक्षा हासिल नगरेका व्यक्ति हुन् । तैपनि उनले आफ्नो बुद्धि र विचारको बलमा हवाई राज्यका मुख्य व्यापारी–उद्योगी बन्न सफल भए ।

यो पुस्तक ती २ जना बुबाहरुले धन सम्बन्धमा कसरी सोच्थे भन्नेमा केन्द्रित छ ।

लेखक कियोसाकीका आफ्नै बुबाको धन प्रतिको दृष्टिकोण त्यति राम्रो थिएन । उनी भन्थे, ‘धन सारा समस्याहरुको कारण हो । धनले समस्याको समाधान दिँदैन । केवल आफूलाई जेनतेन पुग्ने धन आर्जन गरे प्रयाप्त हुन्छ ।’ तर वास्तवमा उनी धनकै लागि सङ्घर्ष गरिरहेका थिए । उनको आर्थिक उपार्जनको आधारको एक मात्र स्रोतको रुपमा तलब थियो । जुन घर खर्च चलाउनकै लागि प्रयाप्त थिएन । एकातिर उनले धनलाई अस्वीकार गरेको प्रतीत हुन्थ्यो, अर्कोतिर अधिकांश समस्या धनकै कारण सृजना भएकोले धन अनिवार्य आवश्यक थियो ।

उनी हाम्रो समुदायका अधिकांश शिक्षित मध्यम वर्गका प्रतिनिधि पात्र हुन् । जसले आफ्ना बालबच्चालाई धेरै पढाएर राम्रो कम्पनीको उच्च पदमा जागिर खुवाउने सोच बनाएका हुन्छौं । कम्पनी खोल्ने वा लगानी गर्ने हाम्रो सोच नै हुँदैन । आवश्यकता भन्दा धेरै ठाऊँमा खर्च भने गरिरहेका हुन्छौं । सुन्दर भविष्यको व्यवस्थित याेजना बनाएका हुँदैनौं ।

आफू विरामी, असक्त हुँदा र वृद्ध अवस्थाको लागि प्रयाप्त धन सञ्चय गरेका हुँदैनौं । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा निर्भर गर्ने सोच बनाएका हुन्छौं । जीवनभरको कमाइबाट एउटा घर निर्माण गर्छौं । त्यसै घरलाई आफ्नो ठूलो सम्पत्ति मानेका हुन्छौं । आफ्नै लागि गाडी किनेका हुन्छौं । जबकि उक्त घरलाई आर्थिक उपार्जनको उद्धेश्यले निर्माण नै गरेका हुँदैनौं । साथै मासिक रुपमा घर र गाडीको किस्ता तिरिरहनुपर्ने हुन्छ । जागिर बाहेक आर्थिक स्रोतका अन्य माध्यमहरु बनाएका पनि हुँदैनौं । बाहिर देख्दा त प्रतिष्ठित देखिन्छौं । औपचारिक माध्यमबाट प्राप्त भएको आयको ठूलो हिस्सा सरकारलाई कर तिर्नको लागि नै खर्च गरेका हुन्छौं । वित्तीय सुरक्षा सम्बन्धमा जागरुक हुँदैनौं ।

कियोसाकीका अर्का बुबाको धन सम्बन्धमा दृष्टिकोण प्रष्ट थियो । यस अर्थमा कि उनी धन उपार्जनका बहु माध्यम हुनुपर्नेमा विश्वास राख्थे । कुनै समस्या समाधान गर्नको लागि बुद्धि चलाउनुपर्ने (व्यवस्थित सोचाई)मा उनको ध्यान हुन्थ्यो । महिनाभर काम गरेर पाउने तलबले कसैको पनि आर्थिक स्थितिमा सुधार हुन सक्दैन भन्ने मान्यता राख्थे उनी । आवश्यकता अनुसार जोखिम लिनुपर्ने उनको मान्यता हुन्थ्यो । कुनै काममा अघी बढ्ने व्यक्ति कहिल्यै असफल नहुने मान्यता उनी राख्थे । काममा अघी बढेपछि कि त सफल नै होइन्छ कि त निरन्तर सिकिरहिन्छ भन्ने कुरामा विश्वास राख्थे उनी ।

यी २ बुबाहरुमा फरक यो छ कि धनी बुबाले आफ्नो घरलाई सम्पत्ति मान्दैनन् । त्यो घर उनको निम्ति दायित्व हो, जसले आर्थिक उपार्जन गर्न सक्दैन । उनी रियल स्टेट, शेयर बजार, सुनचाँदी, म्युचुअल फण्ड, मुद्धती खाता, निजी व्यवसाय, विमा, नेटवर्क मार्केटिङ लगायतमा गरिएको लगानीले निरन्तर प्रतिफल दिइरहनेमा विश्वास गर्थे ।

लेखक रोबर्ट शुरुवातमा त २ जना बुबाको फरक विचारको कारण निकै अन्यौलमा परे । पछि धनी बुबा अर्थात काकाको विचारलाई अँगालेर आफू पनि सफल भए र धन सम्बन्धीको ज्ञान सिङ्गो विश्वलाई बाँड्ने काममा उनी संलग्न रहँदै आएका छन् । रिच ड्याड पुअर ड्याड बाहेक उनबाट लिखित क्यास फ्लो क्वाड्रेन्ट, गाइड टु इन्भेष्टिङ लगायतका थुप्रै पुस्तकहरु प्रकाशित छन् । जागिर र निजी फर्ममा संलग्न व्यक्ति वित्तीय स्वतन्त्रताको लागि ठूलो व्यापार र लगानीमा संलग्न हुनुपर्ने मान्यता राख्छन् । यस किसिमको वित्तीय शिक्षा हाम्रो विद्यालय तहको शैक्षिक कार्यक्रममा पनि समेटिनु जरुरी बनेको छ । जसले हाम्रा बालबालिकालाई सानै देखि जागिरे मानसिकतामा नभई उद्यमशिल मानसिकता विकासको निम्ति सहयोग पु¥याउन सक्छ । साथै नयाँ–नयाँ सम्भावनाको खोजी गर्नमा पनि यस किसिमको मानसिकता निकै महत्वपूर्ण हुने गर्दछ ।-रिच ड्याड पुअर ड्याड


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.