add

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची






ActPro Nepal

|

१३ वैशाख, २०८०

|
404

काठमाडौं ।   आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र अर्का सांसद  रघुजी पन्तले समर्थन गर्ने कार्यसूची सार्वजनिक गरिकएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ ।

हेर्नुस् कार्यसूची



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.