काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताए ।
उनले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना समेत गरे। सांसद्हरूले पटक-पटक आग्रह गर्दा पनि प्रधानमन्त्री प्रचण्डले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे।
सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूले चाहेको पनि बताए।
भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भ्रमण सफल रहोस् भनि कामनासमेत गरे।
सांसद पन्तले भारतसँग नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।