add

पार्टीविरुद्ध थेग्नै नसक्ने गरी प्रहार भयो: देउवा






ActPro Nepal

|

१२ वैशाख, २०८०

|
272

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध आक्रमण बढेको बताएका छन्।

संसदीय दलको बैठकमा उनले उपनिर्वाचनका क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेका हुन्।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताए। सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए। सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारण पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो।

विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण गरिएको चिन्ता सांसदहरुले गरेका थिए। नयाँ दलले गरेको प्रचार अभियानका अगाडि कांग्रेस कमजोर भएको उनीहरुको तर्क  थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.