add

क्षमता र प्रतिभालाई पलायन हुन बाध्य बनाएर देश अघि बढ्दैनः महासचिव विप्लव






ActPro Nepal

|

६ वैशाख, २०८०

|
377

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अवस्था स्थिर नभएको कारण देश संकटमा परेको बताएका छन् । 

राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया तथा जनपत्रिका मासिक लोकापर्ण कार्यक्रममा महासचिव चन्दले देशमा भएका क्षमतावान र प्रतिभाशाली व्यक्तिहरुलाई पलायन हुन बाध्य बनाएर देश अगाडि बढ्न नसक्ने भन्दै यसको मूल कारण देशको अस्थिर राजनीति भएको बताएका हुन् । 

उनले भने, ‘जनताको भावनालाई संस्थागत गर्न सकिएन भने त्यो राज्य प्रणाली कुनै स्थानमा गएर संकटग्रस्त हुन्छ । देशमा राजनीतिक स्थिरता नै भएको छैन् । मंसिरमा चुनाव भयो तर अहिलेसम्म सरकार बनेको छैन । मन्त्रालयहरु सबै प्रधानमन्त्रीले लिनु पर्ने अवस्थामा छ । हाम्रो देशमा उत्पादन नै छैन् सबै आयात गरेर खानु पर्ने भयो भने नेपालको अर्थतन्त्र टिक्न सक्दैन यसको कारण राजनीतिक अस्थिरता हो । आफ्नो क्षमतालाई पलायन गरेर देश विकास हुदैँन ।’ 

महासचिव विप्लवले पार्टीले आफ्नो स्वार्थको लागि नभइ नेपालीलाई आधुनिक बनाउन र देश सुधार गर्न सशस्त्र युद्द गरेको भन्दै अब समाजवाद र लोकतन्त्र चाहने सबै एकताबद्ध भएर जानु आवश्यक भएको बताए । 

उनले राजनीतिक शक्ति भनेको लगातार जनतको लागि लड्ने शक्ति भएको भन्दै देशको अवस्था सुधार गर्नको लागि सहकार्यमा अघि बढ्न तयार भएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.