झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका
प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।