काठमाडौं । वायुसेवा सञ्चालक संघले आजबाट लागू हुने गरी हवाइ भाडा घटाएको छ । हवाइ सेवाप्रदायकहरुले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको जनाएका छन् ।
काठमाडौंबाट भद्रपुरको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ ,जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ ।
यता पोखराको १५५ रुपैयाँ ,काठमाडौंबाट धनगढीको उडानका लागि ४४० रुपैयाँ भाडा घटेको । यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ ।
अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।