add

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले मनायो विश्व अटिजम सचेतना दिवस






ActPro Nepal

|

२१ चैत, २०७९

|
639

काठमाडौ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्धारा विश्व अटिजम सचेतना दिवस अप्रिल २ एक औपचारीक कार्यक्रम मार्फत कागेश्वरी नगरपालिका वडा नं -८, गोठाटारमा बनिरहेको संस्थाको तेस्रो सेवा केन्द्रको आफ्नै भवनमा मनाएको छ ।

संस्थाको अध्यक्ष सबिता उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की ,बिशेष अतिथी वडा कार्यालय -८ क वडा अध्यक्ष हरि भक्त पुडासैनी,संस्थाको सल्लाहकार सुन्दर प्रसाद पुडासैनी तथा भरत उप्रेती, वडा सदस्य लगाए विभिन्न संघ संस्था,बिधालय ,कलेजका विशिष्ठ व्यक्तिहरु तथा संस्थाको कार्यसमिति सदस्य ,अभिभावक,स्वयंसेवक, अटिजम भएका बालबालिका र किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कार्कीलेअटिजम भएका बालबालिकाहरुको सेवा गर्ने कार्य पुन्य कार्य रहेको बताउदै नगरपालिका आवाज विहिनहरुको सधै आवाज बन्ने र संस्थालाई सकेको सहयोग पुर्याउने प्रतिबद्धता जनाउनु भयो । शुभकामना मन्तव्य दिने क्रममा विशेष अतिथी वडा अध्यक्ष हरिभक्त पुडासैनीले यस संस्थालाई वडामा स्वागत गर्दै वडाको साथ सहयोग रहने बताउनु भयो ।

SSDRC की संस्थापक अध्यक्ष सविता उप्रेतीले अटिजमको बारेमा प्रस्ट्याउदै संस्थालाई यहाँ सम्म ल्याउन सहयोग पुर्याउने सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुको साथै आगामी दिनमा पनि यस्तै साथ सहयोग पाएमा अटिजम वालमैत्रिपूर्ण वातावरण सिर्जना गराइ थप सेवा प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो ।

दिनानुदिन अटिजम बालबालिकाहरु जन्मने संख्या बढेको तर सचेतना र सेवा केन्द्रहरुको अभावका साथै राज्य यस विशेषमा गभिर नभएको कारण बालबालिका र अभिभावक मर्कामा परेको दुखेसो समेत व्यक्त गर्नु भयो । गोठाटारमा बनिरहेको यस अटिजम सेवा केन्द्र समाजसेवी तथा नेपाल टेलिकमको पुर्व जि.एम. ई. सुरेश कुमार पुडासैनी र लिला पुडासैनीले संस्थाको २ रोपनी जग्गा लामो समयको लागि निशुल्क जग्गा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

संस्थाका अटिजम भएका बालबालिकाहरु तथा कर्मचारीलाई नगरप्रमुख तथा वडा अध्यक्षद्धारा मेडल,खादा तथा मायाको चिनो र जर्मनी र फ्रान्सको स्वयंसेवक माया र मार्कलाई प्रशम्सा पत्र द्वारा सम्मान गरिएको छ । दिवसको अवसरमा अटिजम सम्वन्धी जनचेतना हुने पर्चा ,फ्लेक्स तथा तस्वीरहरु तथा अटिजम भएका किशोर किशोरी र अभिभावकहरुले बनाएको हस्तकलाको सामाग्रीहरु तथा बालबालिकाहरुको आर्टहरुको प्रदर्शनी गरिएको थियो ।

संस्थाको परिचय

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र( SSDRC) बिगत १३ बर्ष देखि गैरसरकारी ,गैह्र नाफामुलक सामाजिक र परोपकारी संस्थाको रुपमा नियमित दाता सहयोग बिना पनि सिमित स्रोत र साधनमा अटिजम सम्वन्धी राज्य संग पैरवी गर्ने तथा समाजमा सचेतना बढाउदै अटिजम भएका ब्यक्तिहरुको लागि शिक्षा ,स्वास्थ ,विभिन्न किसिमको थेरापीहरु तथा सिपमुलक तालिम प्रदान समाजमा पुनर्स्थापना गर्ने जस्तो सेवा प्रदान गर्दै नेपाली समाज र अटिजमको अभिभावकहरु प्रती ठूलो योगदान दिएको छ ।

संस्थाको संस्थापक तथा अध्यक्ष युवा सामाजिक अभियान्ता सबिता उप्रेतीले काम गर्ने सिलसिलामा अटिजम बालबालिकाहरु घरमा बाधेर थुनेर राखेको कारुनिक दृश्य देखे पछि आफनु व्यक्तिगत जीवन त्यागेर बिगत १३ वर्ष देखि यसै संस्था र बालबालिकाहरुको सेवामा समर्पित छन ।

हाल संस्थामा ५५ जना अटिज्म भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन भने डाक्टर तथा थेरापिष्ट,साईकोलोजिष्ट,शिक्षक तथा अन्य कर्मचारी गरेर ३२ जनाले सेवामा कार्यरत छन । हाल संस्थाले नरेफाट- काठमाडौ ,भक्तपुर – ताथली र गोठाटार – काठमाडौ गरि ३ वाट अटिजम केन्द्र संचालित छ ।

अटिजम

नशा र तन्तुको विकास क्रममा भएको असमानता हो । जस्लाई न्युरो डेभलपमेन्ट डिसडर भनिन्छ । यो रोग होइन । मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएको व्यक्तिहरुमा भाषा ,संचार सीप र सामाजिकिकरणमा समस्या हुने र एउटै क्रियाकलाप दोहोराउनु,एकोहोरोपना लगायतको लक्षण देखिने गर्छ ।

जन्मेको १८ महिना देखि ३ बर्ष सम्म स्पष्ट लक्षण देखिन्छ । नेपालमा अटिजम सम्वन्धी जनचेतना कम छ भने यस क्षेत्रमा काम गर्ने सेवा केन्द्रहरु पनि कम छ । नेपालमा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र( एस. एस. डि. आर. सि) एक अग्रणी संस्था हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.