काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा तय भएको रिक्त तीन स्थानको उपचुनावमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा पार्टी अध्यक्ष लामिछाने निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा पद खारेज गरेपछि उपचुनावमा हुन लागेको हो।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाएको हो।
बारा २ मा उम्मेदवार तय भएका खरेल गत ४ मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेर पराजित भएका थिए। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।